पृष्ठभूमि
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।
Read Moreवडाहरु
९घरधुरी
५२८५जनसंख्या
२७९४३पुरुष जनसंख्या
१४२८०महिला जनसंख्या
१३६६३अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
७८.२३- पुरुष २०१७
- महिला १९७०
- जम्मा(पुरुष + महिला) ३९८७
- ( घरधुरी ) ८१९
- पुरुष १८३७
- महिला १७८६
- जम्मा(पुरुष + महिला) ३६२३
- ( घरधुरी ) ६६२
- पुरुष २०६६
- महिला १९७२
- जम्मा(पुरुष + महिला) ४०३८
- ( घरधुरी ) ७४१
- पुरुष ८८८
- महिला ८३१
- जम्मा(पुरुष + महिला) १७१९
- ( घरधुरी ) ३१३
- पुरुष १८६२
- महिला १७३८
- जम्मा(पुरुष + महिला) ३६००
- ( घरधुरी ) ६६७
- पुरुष १२४५
- महिला १२२७
- जम्मा(पुरुष + महिला) २४७२
- ( घरधुरी ) ५००
- पुरुष १०४०
- महिला ९९३
- जम्मा(पुरुष + महिला) २०३३
- ( घरधुरी ) ४१८
- पुरुष २१२६
- महिला १९६८
- जम्मा(पुरुष + महिला) ४०९४
- ( घरधुरी ) ६८१
- पुरुष १२६५
- महिला १२३३
- जम्मा(पुरुष + महिला) २४९८
- ( घरधुरी ) ४७०

